खजुरा ७ मा काङ्ग्रेसको लहर उम्मेदवार भन्छन जित सुनिश्चित छ

बाँके – नेपाली काङ्ग्रेस बाट खजुरा गाउँपालिका ७ का अध्यक्ष पदका उम्मेदवार सलाहुद्दिन खान को वडामा लोकप्रियता बढ्दै गएको देखिन्छ।खान लाई आम सर्वसाधारण नागरिकको साथ समर्थन र आशीर्वाद समेत रहेको छ।
अध्यक्ष का उम्मेदवार सलाहुद्दिन खानका अनुसार: म नेता होईन जनताको सेवक भएर काम गर्नेछु,मेरो प्यानलले वडाका सम्पुर्ण नागरिकको आवस्यकता र चाहना अनुरुप योजना बनाई अगाडि बढ्ने छ जनताले माग गरे अनुसारका बिकास का गतिविधि लाई प्राथमिकता दिईनेछ।
वहाँ भन्नू हुन्छ: हाम्रो वडामा शिक्षा स्वास्थ्य भौतिक पुर्वधारका योजमा तथा अन्य बिकासका गतिविधि जनताले चाहे अनुसार हामीले गर्नेछौ, त्यही हिसाबले हामीले प्रचारप्रसार लाई तिब्रता दिएका छौं।
खान ले वडावासिको घर घरमा पुगि समस्या समेत बुझिरहेका छन।
आज विशाल र्यालीमा नेता खानले आफु हरुको जित सुनिश्चित रहेको बताएका छन।र्यालीमा १२०० भन्दा बढी जनताहरुको उपस्थिति रहेको थियो।