नेपालगन्ज ८ असोज
बाँके जिल्लामा दल बहादुर सुनार कुनै नौलौ नाम होइन । बाँकेको राजनितिक पृष्ठभुमीमा प्रखर वक्ताको रुपमा चिनिने नेता सुनार नेकपा एमालेको राजनितिक पृष्ठभुमीबाट आफ्नो छवि बनाएका नेता हुन । र्दुइ पटक निर्वाचन जितेर सिंचाइ राज्यमन्त्री समेत बनिसकेका नेता अहिले पनि त्यतिकै रुपमा जनतामा मन मुटुमा बस्न सफल नेता हुन । बाँके जिल्लाको बैजनाथ गाउँपालिका ५ निवासी ६३ वर्षीय सुनार अहिले पनि सामाजिक क्षेत्रमा सक्रिय छन । १३ वर्ष शैक्षिक क्षेत्रमा विताएका सुनार २०३५ सालमा माक्र्सवादीको साधारण सदस्य भएर राजनीतिमा प्रवेश गरेका थिए । त्यसपछि २०३८ सालमा संगठित सदस्यता प्राप्त गरेका सुनार २०३९ देखि २० ४३ सालमा पाटीको एरिया कमिटी सचीव २०४४ देखि २०४७ सम्म जिल्ला कमिटी सदस्य २०४७ सालमा पाटी एकीकरण पछि नेकपा एमालेको संस्थापक जिल्ला कमिटी सदस्य भएका थिए । २०६१ मा जिल्ला कमिटी सदस्य २०६२ देखि २०६६ सम्म भेरी अञ्चल कमिटी सदस्य भएका सुनार २०६४ को सविधानसभा निर्वाचनमा बाँके जिला क्षेत्र न ४ बाट समानुपातिक तर्फबाट विजयी भएका थिए । २०६८ मा उनी सिंचाइ राज्य मन्त्री समेत भएका थिए । सुनार पुनः २०७० को निर्वाचनमा बाँके क्षेत्र न ४ बाट विजयी भएका थिए । विधिवत रूपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकतापछि भुमिका विहिन भएका सुनार प्रभात माध्यमिक विद्यालयको २०७६ सालमा विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सर्बसहमत चयन भए भएका सुनारले राष्ट्रपती बिद्या देबि भण्डारीलाई स्वर्ण जयन्तीको अवसरमा प्रमुख अतिथीको रूपमा ल्याएपछी प्रभात मा बि ले काचुली फेर्दै गयो र बैजनाथमा उच्च शिक्षाका लागि शुभ प्रभात बहुमुखी क्याम्पस प्रस्तावित गरेर प्रक्रिया अघि सारेका छन् । नेकपा एमाले र नेकपा माओवादी बिभाजन पछि माधव नेपालको प्यानलमा रहेका सुनार हाल नेकपा एकीकृत समाजवादी पार्टीको पोलिट ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सह ईन्चार्जको जिम्मेवारीमा छन् ।आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि नेकपा एकीकृत समाजवादीको तर्फबाट एकल सर्बसहमत उम्मेदवारको रूपमा सिफारिस भएका सुनारलाई पार्टीले विश्वास गरेतापनी पाँच दलिय गठबन्धन चुनावी मोर्चा बनाएर निर्वाचनमा होमिने पर्ने भएको छ । बाँके क्षेत्र नम्बर १ माओवादी क्षेत्र नम्बर २ जनता सम