राजनीति
नेकपा एमालेको राष्ट्रिय बिधान महाधिवेशन आज सकिदै
काठमाडौ-नेकपा एमालेको राष्ट्रिय विधान महाधिवेशन आज सकिँदै छ।
राजनीतिक, सांगठनिक र विधान संसोधन प्रतिवेदन पारित गर्दै नेकपा एमालेले विधान महाधिवेशनको समापन गर्न लागेको हो।
महाधिवेशनको अन्तिम दिन आज प्रतिवेदनमाथि पाँच समूहगत छलफलमा संकलित सुझावलाई टोली नेताले आफ्नो निस्कर्ष प्रश्तुत गरेपछि प्रतिवेदन प्रश्तुतकर्ताले त्यसको जवाफ दिने र विधान महाधिवेशनको समापन गरिनेछ।
प्रतिनिधिले १० समूहमा विभाजित भएर प्रतिवेदनमाथि छलफिल गरेका थिए, त्यसमध्ये पाँच समूहले शनिबार समूहगत निस्कर्ष सुनाएका थिए। त्यसमध्ये बाँकी ५ समूहको निस्कर्ष सुनेपछि प्रतिवेदन प्रश्तुतकर्ता पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र विष्णु पौडेलले त्यसको जवाफ दिने कार्यक्रम रहेको छ।




