नेपाल मजदुर किसान पार्टीबाट वडा न.३ बाट सिद्दिकीको उम्मेदवारी दर्ता

नेपालगन्ज- नेपाल मजदुर किसान पार्टीबाट वडा नम्बर ३ बाट आसन्न स्थानीय निर्वाचन बैशाख ३० गते हुने चुनावका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा सइद मनिहार सिद्दीकीले आइतबार नोमिनेसन गराएको छन् भने सदस्य पदमा अनिश अन्सारी र अमन गुप्ताले नोमिनेसन गराएका हुन् । वडा नम्बर तीनको लागि युवाहरूको अवश्यकता रहेको भन्दै नेपाल मजदुर किसान पार्टीले शनिबार बैठक बसि उम्मेदवार उठाउने निर्णय गरेको हो । अध्यक्ष पदमा उम्मेदवारी दिएको सइद सिद्दीकीका अनुसार पाँच वर्षको अवधीमा समेत वडाले अपेक्षा गरेअनुसार विकास गर्न नसकेको दाबी छ।। जनताले चाहे अनुसार वर्तमान वडा कार्यलय समितिले योजनाहरु ल्याउन नसक्नु वडा नम्बर ३ को लागि दु:खद हो । वर्षामा नालाको पानी घर घरमा पुग्ने , बाटो घाटो जस्ताको त्यस्तै हुनु भनेको वडा समितिको असफलता हो । वर्षौं देखी जनताले राजनीतिमा सक्रिय जमातलाई भोट दिँदै आएको छ । तर अब युवाहरूको युग हो युवाहरुलाई अवसर दिनु पर्छ भनी जनताले बुझिसकेको छ । त्यसैले नेपाल मजदुर किसान पार्टीले युवाहरूलाई अवसर दिएको छ । जुन युवा जमातको लागि एउटा उपहार हो । उहाँले वडा विकासको एजेन्डालाई लिएर भन्नू हुन्छ, हामी शिक्षा स्वस्थ बालबालिका युवा महिला लगायतको सबै वर्गलाई समेट्दै विकासलाई गतिशीलता दिनेछौं भनि सिद्दिकी को प्रतिबद्धता छ।