शिक्षा

नारी बिकास केन्द्रको ४७औं साधारणसभा नेपालगन्जमा सम्पन्न

नेपालगन्ज- बाँके जिल्लाको इतिहासमा सबै भन्दा पुरानो संस्था नारी बिकास केन्द्रको ४७ औं बार्षिक साधारणसभा आज नेपालगन्जमा सम्पन्न भएको छ।
४७ औं साधारणसभा उद्घाटन कार्यक्रममा संस्थाको आजिवन सद्स्यहरु लाई प्रमाणपत्र बितरण गरिएको हो।साथै संस्थागत बिकासका लागि महत्त्वपूर्ण योगदान पुर्याए बापत नेपालगन्ज उपमहानगरपालिका का पुर्व मेयर डा.धवल शमशेर राणा र उपमहानगरपालिकाका सामाजिक बिकास शाखा अधिकृत कृष्ण प्रसाद जोशी लाई सम्मान सहित कदर पत्र प्रदान गरिएको छ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले नारी बिकास लाई अझै अगाडी लैजान स्थानीय तह बाट हुने सम्पूर्ण किसिमको सहकार्य र सहयोग गर्ने बताएका छन।
पुर्व मेयर राणा ले संस्थाको प्रसन्सा गर्दै संस्थागत बिकासका आफु ले गर्न सक्ने सहयोग गर्ने बताएका छन।
सभामा बार्षिक प्रगति प्रतिबेदन संस्थाको सचिव मेनुका बैध जोशी र आर्थिक प्रतिबेदन संस्थाको कोषाध्यक्ष रचना श्रेष्ठले पेश गर्नु भएको हो।
कार्यक्रममा गै.स.स. महासङ बाँकेका अध्यक्ष नमस्कार शाह,पत्रकार महासङ् बाँकेका उपाध्यक्ष करुणा शाह,पश्चिम् तारा नेपालको प्रमुख परिना चौधरी,उपमहानगरपालिकाको कार्यपालिका सद्स्य बिना थापा मगर लगायतको उपस्थिति थियो। सो कार्यक्रम नारी बिकास केन्द्रको अध्यक्ष मिना श्रेष्ठको सभापतित्त्वमा सम्पन्न भएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button