राजनीति

संविधानको पूर्ण पालना हुनुपर्छ : मुख्यमन्त्री केसी

बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री  कुलप्रसाद केसीले संविधानको पूर्ण पालना, संरक्षण र सम्वद्र्धन अनिवार्य शर्त भएको बताएका छन् । संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनमा चुनौती देखिएको स्वीकार्दै पूर्ण पालनामा जोड दिए ।

‘संविधान जारी भएको ६ वर्ष पुगिसकेको सन्दर्भमा संविधान पालनामा केही चुनौती आए पनि राष्ट्र सही बाटोमा अगाडि बढिरहेको छ,’ केसीले भने, ‘संविधानको पूर्ण पालना र संवर्धनका लागि सबै प्रदेशबासी एवं नेपालीहरुमा आग्रह गर्दछु ।’

संविधान गतिशील दस्तावेज भएकोले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजान सकिने मुख्यमन्त्री केसीको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button