वाग्मती
घर फर्किनेको भिड लाग्यो
काठमाडौं– दसैं मनाउन आर्आफ्नो थातथलो फर्कनेहरुको भिड लागेको छ।
दसैं लागे यता मात्रै ६ लाख भन्दा बढीले उपत्यका छोडेका छन् । आजबाट दसैं बिदा सुरु हुने भएकाले पनि उपत्यका छोड्नेहरु निकै बढेको प्रहरीले जनाएको छ ।
यात्रूबसहरुको लाइन आज बिहान मुख्य नाका कोटेश्वर, कलंकी, नयाँ बसपार्क र स्वयम्बु क्षेत्रमा बढी देखिन्थ्यो । गाडीहरु भरी भराउन मात्रै होइन कतिपय यात्रुहरु उभिएर यात्रा गरेका देखिन्थे ।
ट्राफिक प्रहरी महाशाखाले दसैं सुरु भए पछि मात्रै ६ लाख भन्दा बढीले उपत्यका छोडेको र केही दिन अझै जारी रहने जनाएको छ ।




