स्वास्थ्य

आज विश्व दृष्टि दिवस

काठमाण्डाै – आज अक्टोबर महिनाको दोस्रो बिहीवार, विश्व दृष्टि दिवस विभिन्न सचेतनात्मक कार्यक्रम गरी मनाइँदै छ ।

विश्वमा झण्डै ३ करोड ६० हजार मानिस दृष्टिविहीन छन् भने झण्डै २ अर्ब ४६ करोड मानिस कम दृष्टि या गहिरो प्रकृतीको दृष्टिजन्य समस्याबाट प्रभावित छन् । विश्वमा आर्थिक रुपमा विपन्न र न्यून आयस्रोत भएका परिवारमा दृष्टिविहीनको सङ्ख्या धेरै रहेको पाइएको छ  ।

कुल दृष्टिविहीनहरुमध्ये झण्डै ९० प्रतिशत दृष्टिविहीनहरु विकासशील तथा अल्पविकसित देशका रहेका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सङ्गठनका अनुसार   ८० प्रतिशत दृष्टिदोषलाई उपचारबाट निको पार्न सकिन्छ । तर, उपचारको सहज पहुँच नहुँदा र आर्थिक समस्याका कारण गरिब तथा विपन्न परिवारका सदस्यले दृष्टि गुमाउनु परेको छ ।

नेपालमा शिक्षा, चेतनाको कमी तथा सेवाको पहुँचको कमीले गर्दा दृष्टिविहीनताको स्थिति अझै प्रमुख स्वास्थ्य समस्याका रुपमा रहेको नेपाल नेत्रज्योति सङ्घले जनाएको छ । नेपालमा मधुमेह, उच्च रक्तचाप जस्ता नसर्ने रोगको कारण हुने अन्धोपन, जलबिन्दु, रेटिना सम्बन्धी समस्याहरु बढ्दै गएको डाक्टरले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button