शिक्षा
राष्ट्रिय सभामा एमालेका यी हुन् १९ उम्मेदवार
काठमाडौं– नेकपा एमालेले राष्ट्रियसभा सदस्यका उम्मेदवारहरु टुंगो लगाएको छ ।
आइतबार साँझ बसेको सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुवान हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
यी हुन् एमाले उम्मेदवार
- प्रदेश-१ मा खुलातर्फ देवराज घिमिरे (झापा), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यकतर्फ सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु)
- प्रदेश-२ मा खुलातर्फ असर्फी भिनवार यादव (धनुषा) र महिलातर्फ बिना साह (रौतहट)
- बागमतीमा खुलातर्फ गोपाल शाक्य (ललितपुर) र महिलातर्फ निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली)
- गण्डकीमा खुलातर्फ पुण्यप्रसाद पौडेल (कास्की), महिलातर्फ लीला पोखरेल थनेट (नवलपुर) र दलिततर्फ गोविन्दबहादुर नेपाली (बाग्लुङ)
- लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता (दाङ), महिलातर्फ भारती खनाल (बाँके) र दलिततर्फ कृष्णबहादुर सुनार (गुल्मी)
- कर्णालीमा खुलातर्फ चूडामणि शर्मा (सुर्खेत), महिलातर्फ गंगा थापा महत (जुम्ला) र अल्पसंख्यकतर्फ पदमबहादुर माझी (दैलेख)
- सूदूरपश्चिममा खुलातर्फ डिल्लीराज भट्ट (डोटी), महिलातर्फ सन्तोषकुमारी शर्मा (कैलाली) र दलिततर्फ नरेश बिक (बैतडी)
१२ माघ हुने निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ ।