शिक्षा
काभ्रेमा सभामुख सापकोटालाई अनेरास्ववियुले देखायो कालो झण्डा
काभ्रे — सभामुख अग्नीप्रसाद सापकोटालाई एमालेनिकट भ्रातृ संगठन अनेरास्ववियुले काभ्रेमा कालो झन्डा देखाएको छ । गृहजिल्ला सिन्धुपाल्चोक जान लागेका सापकोटालाई अनेरास्ववियुले बनेपा बुडोलमा कालो झन्डा देखाएको जिल्ला ईञ्चार्जसमेत रहेका केन्द्रीय सचिवालय सदस्य शालिकराम पराजुलीले जानकारी दिए ।
अनेरास्ववियुनिकट विद्यार्थीहरूले उनको यात्रामा अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
आधा घण्टा सडकमै धर्ना दिएका उनीहरूले सभामुखको राजीनामा माग गर्दै कालो झन्डा देखाएका थिए । सभामुखको भूमिका निष्पक्ष नभएको भन्दै एमालेनिकट भ्रातृसंस्थाहरू सभामुख सापकोटाविरुद्ध आन्दोलित छ ।