शिक्षा
कोहलपुरमा अर्यान गिफ्ट हाउस संचालनमा,अजिजले गरे उद्घाटन

फागुन २० मेरो सवाल- बाँकेको कोहलपुरमा बिहिवार अर्यान गिफ्ट हाउस संचालनमा आएको छ। स्थानिय सन्नी बृजवासीले पाँच लाखको लगानीमा सुरुवात गरेको गिफ्ट हाउस पसल सन्चालनमा ल्याएको बताउनु भयो। पछिल्लो क्रममा गिफ्ट पसलको माग बढदै गर्दै जादा आफुले सुरुवात गरेको वहाँले बताउनु भयो।
बिहिवार संचालनमा ल्याइएको गिफ्ट हाउसको उद्घाटन नेपालगन्ज उपमहानगरपालिका वडा न.५ युवा समाजसेवी अजिज मलिकले गर्नु भएको हो।
पसलको उद्घाटन गर्दै अजिजले युवाहरु यसरी आत्म स्वावलम्बी बन्दै जादा खुशी ब्यक्त गरेका छन। सानो बाट सुरुवात गर्दै भबिष्यमा अझै राम्रो हुने जिकिर गर्नु भयो।
पसलको उद्घाटनको एक महिना सम्म ग्राहक लाई २५ प्रतिशत छुटको समेत ब्यवस्था गरिएको पसलको संचालकले बताउनु भयो।




