शिक्षा
जनताको माग अनुसार काम गर्न मेरो उम्मेदवारी-शब्बीर अन्सारी

नेपालगंज-आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको तर्फ बाट नेपालगंज उपमहानगरपालिका वडा न. ५ बाट वडा अध्यक्श्गका लागि शब्बीर अन्सारीले उम्मेद्वारी घोषणा गर्नु भएको छ ।
सामाजिक क्षेत्र क्रियाशील शब्बिर अन्सारीले वडाको समग्र चौतर्फी बिकास तथा वडाका असहाय गरिब तथा जनताको माग अनुसार काम गर्नका निम्ति आफ्नो उम्मेदवारी घोषणा गर्नु भयो ।
आफुले वडा अध्यक्षमा बिजयी भए पछी जनताको माग तथा ईच्छा अन्काक्षा अनुसार बिकास निर्माण तथा सामाजिक गतिबिधिका क्रियाकलापका काम अगाडी बढाउने वहाले बताउनु भयो ।
हालको वडा समितिले जनताको माग अनुसार काम गर्न नसकेको भन्दै आफुले जनता लाई वास्तविक रुपमा स्थानीय सरकारको आभास तथा गाउँगाउँ मा सिंह दरबारको प्रत्याभूति गराउन आफु ले उम्मेदवारी दिएको वहाले बताउनु भयो ।




