अन्तर्राष्ट्रिय नारी दिवस: सम्झनामा मोहम्मदी

नेपालगंज-आज मार्च ८ तारिख विश्वभरी अन्तर्राष्ट्रिय नारी दिवस भब्य सभ्यका साथ् मनाईएको छ।नारी दिवसको अवसरमा “सामाजिक न्याय र लैंगिक समानता, दिगो बिकासको सुनिश्चिता” भन्ने मुलनाराका साथ बाँकेमा समेत बिभिन्न कार्यक्रमहरु गरि मनाइएको छ ।नारीको दिवसको अवसरमा आज नेपालगंजमा फातिमा फाउन्डेसनको आयोजनामा संथापक तथा सबिधान स्वाहा सदस्य स्व: मोहम्मदी सिद्दिकीको सम्झनामा कार्यक्रम आयोजना गरिएको हो सिद्दिकीले मुस्लिम महिला हरुको हक अधिकार सुनिस्चिताको लागि राजनीतिक तबर तथा सामाजिक क्रियाकलाप बाट पुर्याएको योगदान बापत आज वहाको सम्झनामा भेटघाट कार्यक्रम गरिएको हो।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बाकेको पुवा सभापति किरण कोईरालाले वहाको प्रशंसा गर्दै सिद्दिकीले रुढिवादी परम्परा लाई चिर्दै महिलाहरुको हक अधिकारको शुनिश्चिताको लागि पुर्याएको योगदानको जिकिर गर्नु भयो।
नेपालगंज उपमहानगरपालिका को उपमेयर उमा थापा मगरले सिद्दिकीको को बारेमा जिकिर गर्दै सामजिक रुपान्तरणको लागि सिद्दिकीले पुर्याउनु भएको साथ् अहिले पनि सम्झनामा रहेको साथै वहाले हरेक परिस्थितिमा गरिब असहायको लागि काम गर्नुभएको सम्मान व्यक्त गर्नु भयो।
वहाको सम्झनामा गरिएको कार्यक्रममा पत्रकार शुक्ररिषी चौलागाई, गैसस बाँकेका अध्यक्ष नमस्कार शाह, अधिकारकर्मी कमला पन्त लगायतले बोल्नु भयो।
सो कार्यक्रम फातिमा फाउन्डेस कि अध्यक्ष मैमुना सिद्दिकीको अध्यक्षतामा भएको हो।
सिद्दिकी गत बैशाखमा कोरोना बाट मृत्यु भएको थियो।



