शिक्षा

नेपालगन्ज उपमहानगरपालिका वडा न.३ मा हारुन अन्सारीको चर्चा

नेपालगन्ज- आसन्न बैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि जनता समाजवादी पार्टी,नेपालको तर्फ बाट नेपालगन्ज उपमहानगरपालिका वडा न.३ मा हारुन अन्सारी (अन्सारी माईला)ले उम्मेदवारी दर्ता गराए संगै उनको वडाम चर्चा बढेको छ।
अन्सारीले उम्मेदवारी दर्ता गराए संगै वडामा आम मतदाताको वहाँ लाई साथ र समर्थन समेत देखिएको छ।
वडामा आफुले बिजय प्राप्त गरे पछि शिक्षा स्वास्थ्य रोजगारी युवाहरुलाई उद्दमशिलता सङ जोड्ने महिलाहरुलाई सिपमुलक तालीम तथा बिकास निर्माण सङ जोडिने गतिविधि हरुलाई प्राथमिकता दिईने बताएका छन।
नेपालगन्ज उपमहानगरपालिका वडा न.३ मा मधेसी मुस्लिम समुदायको बाहुल्यता भएको वडा भएकोले सो क्षेत्रको बालबालिका तथा किशोरी हरु लाई शिक्षा बाट बन्चित हुन नदिन बिशेष योजना ल्याउने समेत प्रतिबद्धता जनाएका छन। स्वास्थ्य क्षेत्रमा वहाँ ले आफ्नो वडामा डाक्टर सहितको सेवा प्रदान गरिने बताएका छन।

अन्सारीको प्यानलमा वडा सद्स्य शाहिद हलवाई, जगदिश प्रसाद वैश्य,महिला सद्स्य बिन्दु कुवर दलित महिला सद्स्यमा निर्मला देबि बस्कोर रहेका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button