शिक्षा
नेपालगन्ज उपमहानगरपालिका वडा न.११ मा युवा नेता खानको लहर,मतदाता उत्साहित

नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिका वडा न.११ मा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको तर्फ बाट युवा नेता मोहम्म्द ईबरार खानको लहर देखिएको छ।
बैशाख ३० गते निर्वाचनका लागि स्थानीय युवा नेता खानले आफ्नो प्रचारप्रसार लाई तिब्रता समेत दिएका छन।
खान ले उम्मेदवारी दर्ता गराए सङै आम मतदाताहरु समेतमा उत्साह बढेको खानको दाबी छ।
आफुले जिते पछि शिक्षा स्वास्थ्य बिकास निर्माणका काम लाई पहिलो प्राथमिकता दिइएको खानको प्रतिबद्धता रहेको छ।
खानले आफ्ना मतदाताहरुको बिचमा जादा मतदाताहरु उत्साहीत भएको समेत देखिएको छ।




