शिक्षा

“लौरो” सबैको सहारा बन्छ: स्वतन्त्र उम्मेदवार अजिज मलिक

नेपालगन्ज : कुनै पनि दलसँग आबद्ध नभएका वा दलको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन आयोगबाट चुनाब चिह्न पाएका छन् । आसन्न बैशाख ३० गते हुन गएरहेको स्थानिय तहको निर्वाचन तिब्र पारिएको छ ।
स्थानिय तहको निर्वाचन नजिकीदै गर्दा स्वतन्त्र पार्टीबाट नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ वडाअध्यक्ष पदका उम्मेद्वार अव्दुल अजिज हल्वाइले उम्मेद्वार मनोनयन दर्ता गर्नुभएको छ । स्वतन्त्र पार्टीबाट उम्मेद्वारी मनोनयन दर्ता भएसंगै उहाँको चर्चाले पनि तिब्रता लिएको छ । स्वतन्त्र उम्मेदवारी दिनुभएका हल्वाईले चुनाब चिह्न लौरो पाउनुभएको छ ।
निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार वडा नं ५ वडाअध्यक्ष पदका उम्मेद्वार हल्वाइलाइ लौरो चिह्न प्रदान गरेको छ । निर्वाचनबाट निर्वाचित भएर आएका स्थानिय जनप्रतिनिधीले जनताको समस्या समाधान नगरिदिँदा जनता नै जनताको लागी चुनाबी मैदानमा उत्रिएर स्वतन्त्र पार्टीका हल्वाईलाइ शनिवार निर्वाचन आयोगले लौरो चुनाब चिन्ह प्रदान गरेको हो ।
जनताको सेवामा निरन्तर अहरात्र फिल्ड्मा खटिरहने हल्वाइलाइ नेपालगन्जवासीले निष्ठापुर्वक जनताको सेवामा लागी पर्ने समाजसेवी युवाको रुपमा चिन्दै आएका छन । हल्वाई एक समाजसेवी मात्र नभए सच्चा देश प्रेमी पनि हो । निर्वाचन आयोगले चुनाब चिह्न लौरो प्रदान गरेकोले थप उर्जा महसुस भएको छ उहाँले भन्नुभयो । उहाँले भन्नुभयो एक लौरोले बेसाहारा जनतालाइ टेकाउन मिल्नछ भ्रष्टचारीलाइ सेकाउन मिल्नछ । म चुनाब चिह्न लौरो जस्तै जनताको सेवामा र जनताको साहारा  बनेर उभिने छु नेपालगन्ज ५ वडाअध्यक्ष पद्का उम्मेद्वार हल्वाइले भन्नुभयो ।

उहाँले भन्नुभयो जनताले आफ्नो अमुल्य समय र भोट दिएर मलाइ बिजयी गराए जनताको सेवामा कमि आउन दिने छैन । जनताले अपेक्षा गरेको भन्दा अझँ धेरै वडाको बिकासमा जोड् दिने छु । स्वतन्त्र उम्मेद्वारबाट म बिजयी भएभने भने वडाको बिकासको लागी जनताले पछुताउदै फेरी अर्को निर्वाचन पर्खिनु पर्दैन उहाँले भन्नुभयो ।
जनताले देखाएको सक्रियता र साथ सहयोगले चुनाब जित्नुमा बिश्वस्त रहेको उहाँले बताउनुभयो । उहाँले अवको ५ बर्ष नेपालगन्ज वडा नं ५ लाइ सुखी र समृद्ध वडा बनाउनलाइ लागी पर्ने पतिबद्धता व्यक्त गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button