शिक्षा
बिद्दुत प्राधिकरणको लापरबाहीको विरुद्धमा आन्दोलन गर्ने तयारी

नेपालगन्ज- नेपालगन्जमा अघोषित लोडसेडिङ र बिद्धुत प्राधिकरणको चरम लापरबाहीको विरुद्ध नेपालगन्जमा बिरोध प्रदर्शन गर्ने तयारी भैरहेको छ।
आज नेपालगन्जमा बसेको युवाहरुको बैठकले यस्तो निर्णय गरेको हो।
बिगत केही दिन देखि नेपालगन्जमा भैरहेको अघोषित लोडसेडिङ र प्राधिकरणको लापरबाहीले आम सर्वसाधारण लाई धेरै सास्ती भोग्नु परेको बैठकमा सहभागीहरुले जिकिर गरेका छन।
अधिकारकर्मी साहिल अन्सारीका अनुसार जेठ ६ गते शुक्रवार बिहान १०:३० बजे बिद्धुत प्राधिकरण अगाडि प्रदर्शन गरि कार्यालय प्रमुख लाई ज्ञापन पत्र बुझाई लिखित जवाफ माग्ने र प्रमुख जिल्ला अधिकारी सहित सरोकारवाला निकायको बैठक बस्ने तयारी गरिएको बताउनु भयो।
बैठकमा सामाजिक अभियान्ता प्रकाश कुवर,सन्जय श्रेष्ठ लगायतको उपस्थित रहेको थियो।