नेपालगंज १४ मा कोरोना बिरुद्दको खोप बारे पुन:घरदैलो सुरु
नेपालगंज(मेरो सवाल)- सामाजिक बिकास मंचको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोग मा जोखिम संचार तथा सामुदायिक सहभागिता परियोजना अन्तर्गत नेपालगंज उपमहानगरपालिका वडा न.१४ मा सबै नागरिक लाई कोरोना बिरुद्द को खोप प्रदान गर्नका निम्ति पुन: घर दैलो कार्यक्रम लाई निरन्तरता दिइएको छ।
सरकारले हरेक नागरिक लाई कोरोना बिरुद्दको खोप पुर्याउने उद्देश्य लाई परिपूर्ति गर्न का निम्ति कार्यक्रम संचालन गरिएको बताइएको छ ।
आइतबार नेपालगंज उपमहानगरपालिका वडा १४ को ५३ घरमा घरदैलो कार्यक्रम गरिएको सामाजिक बिकास मंचका सिनियर फिल्ड सुपरभाइजर सहजराम यादव ले बताउनु भयो।
घर दैलो मा कोरोना बिरुद्दको खोप नलगाएका नागरिक लाई खोप लगाउन प्रोत्साहन गरि स्वास्थ्य केन्द्र सम्म रेफर गर्ने साथै खोपको महत्त्व बुझाउने काम समेत गरिएको यादवले बताउनु भयो।
घरदैलो कार्यक्रममा सहभागी हुदै वडा सदस्य ऋषि राम बर्मा का अनुसार यस भन्दा अघि कोरोना बिरुद्द को खोप बारे बिभिन्न किसिमका नकारात्मक भ्रमहरु रहेको कारण स्थानीय डराउने गर्दथे, तर अहिले यसरि घर घर सम्म पुगेर अभियान्ता हरुले खोप को महत्त्व बारे जानकारी दिएपछि खोप को प्रभावकारिता एकदमै बढेको र खोप अभियान एकदमै राम्रो हुदै गएको जानकारी दिनुभयो।
कार्यक्रममा संस्थाका सिनियर फिल्ड सुपरभाइजर सहजराम यादव,वडा सदस्य ऋषिराम बर्मा,अभियान्ता साहिल अन्सारी,मनिषा ठाकुर लगायतको सहभागिता रहेको थियो। घर दैलो कार्यक्रम ४ दिन सम्म जारि रहने छ।