
नेपालगंज- ईस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मद स.अ.को जन्मोत्सव भोलि नेपाल लगायत विश्वभरी मनाईदैछ सधै जस्तै यस बर्ष पनि आज रात्री जागरण गरि बिहान मोहम्मद जयन्तिको अवसरमा भब्य रुपमा जुलुस निकालिने जामा मस्जिद तथा ईदगाह संचालक समितिले जनाएको छ। मंगलबार बिहान ७ बजे मस्जिद बाट निकालिने जुलुस डी.एस पी. रोड एम.पिस स्कुल,त्रिभुवन चौक,बिपि चौक, धम्बोझी चौक,घरबारी टोल,त्रिबेणी मोड हुदै गौसिया मस्जिद अगाडी समापन गरिने बताईएको छ ।आजबाटै मुस्लिम समुदायमा ईस्लामिक परम्परा अनुसार पुजा पाठ,मिलाद गरिने नमाज पढिने सामुहिक धार्मिक कार्यक्रमहरु समेत हुनेछ।
इस्लामी पात्रोको तेस्रो महिना रविउल्ल अवलको १२ तारिखको दिन नेपाली मुसलमानसहित विश्वभरिका मुसलमान धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद डे मनाउँदै आएको इस्लाम धर्मका गुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताए ।
“हजरत मोहम्मदको जन्म साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो”
यहाँका मुसलमान समुदायले मोहमम्द डे का अवसरमा केन्द्रीय तथा प्रदेश ५ सरकारले सार्वजनिक बिदा नदिएको गुनासो गरेका छन् ।



