बिद्धुत प्राधिकरणको लापरबाहीको विरुद्धमा भोलि नेपालगन्जमा प्रदर्शन गरिदै
नेपालगन्ज- नेपालगन्जमा अघोषित लोडसेडिङ र बिद्धुत प्राधिकरणको चरम लापरबाहीको विरुद्ध नेपालगन्जमा बिरोध प्रदर्शन गर्ने तयारी भैरहेको छ।
आज नेपालगन्जमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बिगत केही दिन देखि नेपालगन्जमा भैरहेको अघोषित लोडसेडिङ र प्राधिकरणको लापरबाहीले आम सर्वसाधारण लाई धेरै सास्ती भोग्नु परेको बैठकमा सहभागीहरुले जिकिर गरेका छन।
अधिकारकर्मी साहिल अन्सारीका अनुसार जेठ ६ गते शुक्रवार बिहान १०:३० बजे बिद्धुत प्राधिकरण अगाडि प्रदर्शन गरि कार्यालय प्रमुख लाई ज्ञापन पत्र बुझाई लिखित जवाफ माग्ने र प्रमुख जिल्ला अधिकारी सहित सरोकारवाला निकायको बैठक बस्ने तयारी गरिएको बताउनु भयो।
अभियान्ता सन्जय श्रेष्ठका अनुसार भोलि को प्रदर्शनको सम्पुर्ण तयारी भैसकेको बताउनु भयो।
अभियान्ता प्रकाश कुवरले यो हाम्रो समस्या मात्रै होइन सबैको समस्या भएको भन्दै सबैले सहभागिता जनाउन आग्रह गर्नु भयो।
बैठकमा सामाजिक अभियान्ता ,नागरिक समाजका कृष्ण प्रसाद श्रेष्ठ ,अभियान्ता हेमन्तराज काफ्ले, अधिकारकर्मी डा.बिनोद कर्ण,अधिवक्ता पुर्ण ढकाल लगायतको उपस्थित रहेको थियो।