स्थानीय चुनावमा बालबालिकाहरूको प्रयोग नगर्ने राजनीतिक दलको प्रतिबद्धता

राजनीतिक दलका प्रतिनिधिहरूले स्थानीय तह निर्वाचानमा बालबालिकाहरूको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् ।
सिजप, इन्सेक, सिविन र स्याक नेपालको आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोगको नेपालगञ्जको समन्वयमा वैशाख १४ गते आयोजित स्थानीय तहको निर्वाचन र बालबालिकाका सवाल विषयक अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरूले उक्त प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा सिजपका अध्यक्ष राजेश शर्माले स्थानीय निर्वाचनमा बालबालिकाको प्रयोग गर्न नहुने बताउनु भयो । शर्माले बाल अधिकार, निर्वाचन आचार संहिता, बालबालिका सम्बन्धी ऐन २०७५का विषयमा प्रस्तुती गर्नु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज प्रमुख झङ्करबहादुर रावलले कुनै पनि बहानामा बालबालिलाई प्रयोग गर्न नहुने बताउनु भयो ।
नेपाली कांग्रेसका जिल्ला सचिव सुधान्सु कोइराला, नेकपा समाजवादीका रामजी पाठक, जसपाका अरुण सिंहलगायतले बालबालिका काँचो माटो भएकाले उनीहरूलाई स्थानीय तह निर्वाचनमा प्रयोग नगर्ने प्रतिबद्ध्ता जनाएका थिए ।