शिक्षा
ईबरार खानको चुनावी प्रचारप्रसार तिब्र,मतदाताको बिश्वास बढ्दै
नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिका वडा न.११ मा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवाद तर्फका उम्मेदवारहरुले आफ्नो चुनावी प्रचारप्रसार लाई तिब्र पारेका छन।
मुस्लिम समुदायको रमजान सके लगत्तै उम्मेदवार हरु घर घर पुगि भोट माग्ने क्रम बढेको छ।
नेपालगन्ज उपमहानगरपालिका वडा न.११ मा अध्यक्ष पदका उम्मेदवार मोहम्म्द ईबरार खान नेतृत्व सहितको टोलिले जनताको माझमा गएर जनतामा बिश्वास दिलाइरहेका छन।
अध्यक्ष पदका उम्मेदवार खानका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा न.११मा अझै बिकासको आवस्यकता महसुस भएको भन्दै आफू बिजयी भए पश्चात् यश वडाको समग्र शिक्षा स्वास्थ्य रोजगारी बिकास निर्माणका काम लाई पहिलो प्राथमितामा राखी जनचाहना अनुरुप काम गर्ने जनाएका छन।