नेपालगन्ज ३ मा काङ्ग्रेसको कोणसभा समपन्न,उत्साहजनक सहभागिता

नेपालगन्ज-नेपालगन्ज उपमहानगरपालिका वडा न.३ मा नेपाली काङ्ग्रेसको कोण सभा सक्के संगै काङ्ग्रेसका उम्मेदवार हरुको मतदाताहरु सङको भेटघाट निरंतरता जारी रहेको छ।
कोणसभा लाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार गुप्ताले आम मतदाताहरुलाई स्थानीय चुनावमा सहि सक्षम योग ब्यक्ति लाई चुन्न आग्रह गर्नु भयो।
उम्मेदवारका अनुसार नेपालगन्ज ३ का उम्मेदवारहरुको बिश्वासले हामीमा प्रोत्साहन गरेको बताएका छन।
मतदाताहरु सङको भेटघाटको क्रममा मतदाताहरुले देखाएको सकारात्मक प्रतिक्रियाले आफूहरु बिजयको नजिक पुगेको दाबी गरेका छन।
स्थानीय तहको निर्वाचन नजिकदै गरेको क्रममा वडाका हरेक घरघरमा हामी पुगेका छौ,अन्य पार्टी हरु भन्दा काङ्ग्रेस प्रती जनता को बिश्वास निकै कायम रहेको भन्दै र बिकासका लागि गरेको प्रतिबद्धता प्रती हामी सधै सचेत छौ उम्मेदवार बताउछन्।
कार्यक्रममा मेयर पदका उम्मेदवार प्रशान्त बिष्ट , जिल्ला सचिव सुधान्सु कोईराला नेता मैकुलाल वाल्मीकि नेता किरण कोईराला ,उम्मेदवार लगायतका काङ्ग्रेसका जिल्ला नगर तथा स्थानीय नेता कार्यकर्ताहरुको भब्य उपस्थिति रहेको थियो।
प्रचारप्रसारका लागि आज राती १२ बजे सम्मको लागि मात्रै समय रहेको छ।भोलि देखि मौन अवधी सुरु हुदैछ्।