शिक्षा

अनाबिया दुर्घटना प्रकरण प्रति चासो बढ्दै,कस्मिराको नेतृत्वमा आज पुन आन्दोलन

नेपालगंज- महिला उद्दमी तथा मुस्लिम महिला उद्दमी संघ नेपाल को अध्यक्ष कस्मिरा खातुनको नेतृत्वमा आज पुन आन्दोलन हुने भएको छ । भाद्र ७ गते मोटरसाइकलको ठक्करबाट मृत्यु भएकी नेपालगंज उपमहानगरपालिका वडान.११ कि अढाई बर्षीय बालिका अनाबिया राइको दोषी पहिचान गरि कारवाहीका निम्ति ध्यानाकर्षण सहित दबाबमूलक आन्दोलन गरिने अध्यक्ष खातुनले बताउनु भएको छ । कम्सिराका अनुसार मुस्लिम महिला उद्दमी संघ नेपाल र अखिल नेपाल महिला संघ क्रान्तिकारीले सयुंक्त रुपमा गर्न लागिएको जानकारी दिनु भयो ।

आज दिउसो २ बजे त्रिभुवन चौकमा शान्तिपूर्ण रुपमा भेला भई कोणसभा गरि जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्लाधिकारी को ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाइएको समेत वहाले बताउनु भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button