खेलकुद

भारतमा समेत भेरी रकर्स क्रिकेट क्लबको दबदबा

नेपालगन्ज- भेरी रकर्स क्रिकेट क्लब नेपालगन्जको दबदबा र चर्चा छिमेकी राष्ट्र भारतमा समेत सुरु भैसकेको छ।रुपैडिहामा जारी सिमान्चल नाईट क्रिकेट प्रतियोगितामा नेपाली युवा खेलाडीले आफ्नो बेजोड प्रस्तुती गरेका छन।

यश अघि भएको पहिलो खेलमा बहराईच र दोस्रोमा रुपैडिहा लाई पराजित गर्दै भेरी रकर्स सेमि फाईनलमा प्रबेश गरेको छ।
जारी खेलको ब्यवस्थापन रुपैडिहाका पुर्व प्रधान जुबेर फारुकी र आलमले गरेको खेलाडिहरुले बताएका छन।

नेपालगन्जको तर्फ बाट मो.साजिद खानको नेतृत्वमा प्रनित थापा मगर,रोशन कुसा,सिधाान्त राज शाही,समसुद्दिन अन्सारी,साहिद अन्सारी,हसन खान,गौरब शर्मा, लबकुस कुमार ,अमर सिंह रौटेला,निजामुद्दिन खान,नदिम शेख,बसत खत्री,सैजाद राई,बिपुल मिश्रा,वारिस खान,साद खान रहेका छन ।
टोलि प्रमुख खानले आफू हरुलाई यश खेलमा सहभागी हुन का लागि पुर्व मन्त्री तथा प्रतिनिधि सभा सद्स्य मोहम्मद ईस्तियाक राई र नेपालगन्ज ८ का वडा अध्यक्ष बिबेक बाजपेयी ले आर्थिक सहयोग गरेको बताउदै नयाँ स्थानीय सरकारलाई खेलाडिहरु प्रोत्साहित गर्नका लागि सरकारले बिशेष योजना र बजेट बिनियोजन गर्न आग्रह गर्नुभएको छ।

अगामी जुन ३ मा सेमि फाइनल र जुन ४ मा फाइनल रहेको टिमको नेतृत्वदायी भुमिका निर्वाह गर्ने साजिद खान ले बताउनुभएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button