खेलकुद

गोपाल पुन द्वारा खेलाडीहरु लाई सम्मान

नेपालगन्ज-नेपालगन्ज उपमहानगरपालिका वडा न.४ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाट अध्यक्ष पदका उम्मेदवार गोपाल पुनले वडाको डोजो खेलाडी लाई सम्मान गरेका छन।
आज नेपालगन्जमा आयोजित कार्यक्रममा नेता पुन ले खेलाडी लाई सम्मान गरेका हुन।
अध्यक्षका उम्मेदवार पुनका अनुसार खेलाडी हरु देशको महत्त्वपूर्ण गहना हो भन्दै खेलाडी हरुलाई विशेष सम्मान गर्नुका साथै आफू बिजयी भए पछि खेलाडी हरुका लागि वडा बाट गर्नुपर्ने काम साथै खेलाडीहरुलाई प्रोत्साहन गर्नका लागि बिशेष बजेट ल्याउने बताएका छन।
सम्मान कार्यक्रममा खेलाडी गुरु मोहम्मद अकवर दर्जी, वडा समितिका उम्मेदवार,जिल्लाका नेता कार्यकर्ताहरु लगायतको उपस्थिति रहेको थियो।
सो कार्यक्रम स्थानीय युवा नेता मोहम्म्द जुनेद हलवाईको सयोजकत्त्व मा सम्पन्न भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button