अनुशासनहिन जनप्रतिनिधि,बोर्ड बैठकमै हात हालाहाल
नेपालगंज: नेपालगंज उपमहानगरपालिकाको कार्यपालिका बैठकमा वडा अध्यक्ष र कार्यपालिका सदस्य हरु बीचमा हात हालाहाल भएको छ कार्यपालिका सदस्यहरु लाई खर्च गर्न दिईएको बजेट पारदर्शी रुपमा खर्च नभएको भन्दै वडा अध्यक्ष हरुले गुनासो गरेपछी हात हालाहाल भएको हो।
यस अघि पनि बोर्ड बैठकले कार्यसमितिका सदस्यले दलित, गरिब, बिपन्न,समुदायलाई १२ लाख रुपैया खर्चको अख्त्यारी दिइएको थियो सो बजेट पारदर्शी रुपमा खर्च नभएको भन्दै वडा न.५ का अध्यक्ष कैफुलवरा जोलाह र वडा न.७ का अध्यक्ष जुम्मन खाले कुरा उठाएपछि स्थिति तनाबपूर्ण बनेको हो।
कार्यासमिति सदस्य देउमल सुनार र वडा अध्यक्ष कैफुलवरा जोलाह बीच हात हालाहाल भए पछी नेपालगंज ६ का अध्यक्ष समिर प्रताप सिंहको आखामा समेत चोट लागेको हो। केहि समय पछि स्थिति सामन्य बनेको थियो।
घटना घटेको कुरा बाहिर आइसकेपछि अहिले सामाजिक संजालमा ब्यापक रुपमा हास्यव्यंग्य भैरहेको छ