शिक्षा

बालबालिकाको क्षेत्रमा अझै बजेट छुट्याउन आवस्यक: बालअधिकारकर्मी अन्सारी

नेपालगंज- बालअधिकारकर्मी तथा नगर बालक्लब संजालका पुर्व अध्यक्ष साहिल अन्सारीले उपमहानगरपालिकले आफ्नो वार्षिक नीति  तथा कार्यक्रममा बालबालिकाको लागि बिशेष योजना सहित ल्याउनु पर्ने बताएका छन्। शनिवार नेपालगंजमा आयोजित उपमहानगरस्तरीय बालक्लब संजालको ९औ बार्षिक साधारण सभा तथा चौथो अधिवेशन लाई सम्बोधन गर्दै यस्तो भनेका हुन्। स्थानीय सरकार आए पश्चात उपमहानगरपालिकाले बिभिन्न नीति नियम तथा कार्यविधि बनाइसकेको छ अब यसलाई कार्यन्वयन गर्नका निम्ति उपमहानगरपालिकाले बजेट बिनियोजन गर्दा बालबालिकाको हक अझै धेरै लगानी गर्नुपर्ने जोड दिएका हुन्। अहिले पनि बालबालिकाका थुप्रै समस्या छन् यसलाई समाधान गर्न बजेटको अपरिहार्य रहने वहाँले भन्नु भयो। अन्सारीले साधारण सभा तथा अधिवेशन बाट सम्मानित समेत भएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button