राजनीतिशिक्षा

वाईसिएलको नगर सम्मेलन सम्पन्न ,बिभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश

नेपालगंज- नेकपा माओबादी केन्द्रको सहायक संगठनको रुपमा रहेको योङ्ग कम्युनिष्ट लिग नेपालको नगर सम्मेलन नेपालगंजमा सम्पन भएको छ । वाइसिएल् लुम्बिनी प्रदेशका इन्चार्ज गणेश शाहीको प्रमुख अतिथियता कार्यक्रम सम्पन्न भएको हो । सम्मेलनले इमाम खा को अध्यक्षतामा ४५ सदस्य रहने गरि नयाँ कार्यसमिति समेत चयन गरेको छ । साथै उपाध्यक्षमा बिकास भुजेल, रोशन थापा, महबुब अली शेष, सचिवमा बिबेक राना सहसचिवमा ताहिर शेष राई,सोममाया घलान,बिबेक वली, सपना वारी र कोषाध्यक्षमा अमर बंशकार रहेका छन् ।


त्यसै गरि आइतबार सयौंको संख्यामा बिभिन्न पार्टी परित्याग गरि माओबादी केन्द्रमा प्रवेश गरेका छन् । जसमा जनता समाजवादी पार्टीका जिल्ला सदस्य फरजंद खाँको नेतृत्वमा नेपालगंज ९का जसपाको वडा कमिटिको कार्यवाहक अध्यक्ष छोट्टन शेष र जसपा वडा न.९ कि सचिव कमला सिंह ठकुरी लगायत १०१ जना जसपा त्याग गरि माओबादी केन्द्रमा प्रवेश गरेका छन् ।
त्यसै गरि जसपाको मुस्लिम संगठन वडा न.५ का सचिव अब्दुल मजीद हलवाई र नेकपा एमाले परित्याग गरि ताहिर राई माओबादीमा प्रवेश गरेको छन् ।
साथै जसपा जिल्ला कार्यसमिति शब्बीर अन्सारीको नेतृत्वमा ५७ जनाले पार्टी प्रवेश गरेको नेकपा माओबादी केन्द्र बाँके क्षेत्र न.२ का ईन्चार्ज अतहर हुसैन फारुकीले बताउनु भयो ।
नवगठित कार्यासमितका अध्यक्ष इमाम खाँका अनुसार अब बाँके जिल्लाका हरेक पालिकामा सम्मेलन गरि जिल्ला सम्मेलन छिट्टै गरिने र संगठन बिस्तारमा कुनै कमि नहुने बताउनुभयो । साथै बिस्तार लाई सहज बनाउन सम्पूर्ण नेता कार्यकर्ताहरुलाई सहयोग गर्न खाँले आग्रह समेत गर्नुभयो ।


कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्र बाँके क्षेत्र न.२ का ईन्चार्ज अतहर हुसैन फारुकीले पार्टीमा प्रवेश गरेका लाई स्वागत गर्दै देशलाई समृद्दीको दिशामा लैजानको निम्ति युवा हरुको अपरिहार्य भूमिका रहेकोले युवा हरु संगठित भई राष्ट्र निमार्णमा ईमानदारिता पुर्वक लाग्नु पर्नेमा जोड दिनुभयो ।


सामजका हरेक बिकृति विसंगतिका बिरुद्द र नागरिकलाई राज्यको प्रत्याभूतिका निम्ति वाईसिएल सदैव तत्पर रहने वाइसिएल का केन्द्रीय सदस्य किस्मत् अली शेख(जित)ले जिकिर गर्नु भयो ।


कार्यक्रममा माओबादी केन्द्रका बाँके जीला संयोजक आइपी खरेल, नेकपा माओबादी केन्द्र बाँके क्षेत्र न.२ का ईन्चार्ज अतहर हुसैन फारुकी, नगर ईन्चार्ज अक्कल बहादुर बम, अगर अध्यक्ष डिल्ली बराल, सचिव आदेश अग्रवाल, लुम्बिनी प्रदेश सदस्य नबीन शर्मा नेत्री कस्मिरा खातुन लगायतका नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको वाइसिएल् जिल्ला सदस्य ईरफान अली(अरशद)ले बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button