शिक्षा

मुगु, कास्की र अछाममा भएको दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई राहत दिने प्रधानमन्त्रीको घोषणा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएको दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई उचित राहत दिने र घाइतेको सरकारले निःशुल्क उपचार गर्ने घोषणा गर्नु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री देउवाले दुर्घटनाको खबरले आफू स्तब्ध भएको भन्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नु भएको छ ।

उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी गाडीको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button