शिक्षा

संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी गराउन तालिबानको आग्रह

एजेन्सी । तालिबानले न्यूयोर्क सहरमा जारी राष्ट्रसङ्घीय महासभामा आफूलाई सम्बोधनको मौका दिन राष्ट्रसंघलाई आग्रह गरेको गरेको बताइएको छ।

सोमबार राष्ट्रसंघलाई पत्र लेख्दै तालिबानद्वारा गठित अफगानिस्तान सरकारका नयाँ विदेश मन्त्रीले यस्तो आग्रह गरेका हुन् । राष्ट्र सङ्घले तालिबानको आग्रहलाई जवाफ दिने तयारी गरेको छ । तालिबानले दोहामा रहेका आफ्ना प्रवक्ता सुहेल शाहीनलाई राष्ट्रसङ्घका लागि आफ्ना राजदूत नियुक्त समेत गरेको छ।

गतमहिना अफगानिस्तानलाई नियन्त्रणमा लिएको उक्त समूहले पछिल्लो सरकारका पालामा राष्ट्रसङ्घ पठाइएका राजदूतले यतिखेर आफ्नो सरकारको प्रतिनिधित्व नगर्ने जनाएको छ।

तालिबानको अनुरोधलाई लिएर अमेरिका, चीन, रुससहितको एउटा राष्ट्रसङ्घीय समितिले विचार गर्नेछ । आगामी सोमबारसम्म यसबारे निष्कर्ष निस्कने सम्भावना भने कम छ ।

त्यो निर्णय नहुञ्जेलसम्म गुलाम इसाकजाइ नै राष्ट्रसंघका लागि अफगानिस्तानका राजदूत कायम हुनेछन् । उनले सेप्टेम्बर २७ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

तालिबानले देश छाडेर भागेका पूर्वराष्ट्रपति असरफ गनीलाई कयौँ देशहरूले नेता मान्न छाडेको बताएको छ। मङ्गलवार राष्ट्रसङ्घीय बैठक सुरु भएपछि कतारले विश्व नेताहरूलाई एउटा आह्वान गर्दै तालिबानलाई संलग्न गराउन भनेको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button