शिक्षा
आईएमई लाईफ इन्स्योरेन्स कम्पनी द्वारा नेपालगन्जमा रक्तदान

नेपालगन्ज । देशमा बढिरहेको भाइरल ज्वरो, डेंगू लगायतका रोगका विरामीलाई चाहिने रगत अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको कोहलपुर शाखा प्रमुख युवराज देवकोटाले बताए । इन्स्योरेन्सको पाँचौ बार्षिकोत्सवको अवसरमा गरिएको उक्त कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी नेपालगन्जको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा यस कम्पनीका कर्ण्ााली तथा लुम्बिनी प्रदेश प्रमुख प्रेम तिमिल्सिना ,एरिया ब्रान्च म्यानेजर अमित के.सि,कोहलपुर शाखा प्रमुख युवराज देवकोटा बि एस ए सन्देश कंडेल ,नेपालगन्ज शाखा प्रमुख बिनिता थापा,खजुरा ,राप्तिसोनारी शाखा प्रमुख लगायत सिनियर एजेन्सी म्यानेजर देबेन्द्र पौडेल र लक्ष्मि देवकोटा तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो ।।