शिक्षा
एमसीसी व्याख्यात्मक घोषणा पारित गर्दै मन्त्रिपरिषद् बैठक सकियो
काठमाडौँ — मन्त्रिपरिषद्को बैठक ३ मिनेटमै सम्पन्न भएको छ । बैठकमा एमसीसीमाथि व्याख्यात्मक घोषणाको प्रस्तावना प्रस्तुत गरी पारित गरिएको सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् ।
मन्त्रिपरिषद्बाट पारित व्याख्यात्मक घोषणा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको बैठकमा पेस गर्नेछन् । प्रतिनिधि सभा बैठक आइतबार साँझ साढे ६ बजे बस्ने तयारी भएको छ ।
आइतबार साँझ संसद् बैठक सकिए लगत्तै संघीय संसद्को प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठक कक्षमा मन्त्रिपरिषद् बैठक बसेको थियो ।