शिक्षा

चाडपर्वको रौनक हरायो सिंगो जिल्ला शोकमा

मुगु– मुगुमा भएको बस दुर्घटनामा ३२ जनाको मृत्यु भएपछि समग्र जिल्ला नै शोकमग्न बनेको छ ।

मृतकहरुको पोष्टमार्टम पछि सनाखत गरी शव परिवारलाई जिम्मा लगाउने कार्य भइरहेको छ । हाम्रा समाचारदाता कविराज कार्कीका अनुसार हालसम्म २५ जनाको सनाखत गरी शव सम्बन्धित परिवारलाई बुझाइएको छ ।

बस दुर्घटनामा मृत्यु भएका ३२ मध्ये २८ जनाको शव जिल्ला अस्पताल मुगुमा राखिएकोमा अव ३ जनाको सनाखत हुन बाँकी छ । सनाखत भएका मध्ये अधिकांश युवायुवती परेका छन् ।

४ जनाको भने उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको थियो । नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको बस करीब हिजो दिउँसो करीव २ बजे छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो ।

घाइतेहरुको मुगु र बाँकेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका कारणवारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button