जीवनशैली

नेपाल र भारतको वल्मा सम्मेलन हुने

समीर अली बेहना नेपालगन्ज १२ भदौ-मानवतालाई जोगाउन नेपाल र भारतको वल्मा बीच मैत्रीपुर्ण सम्मेलन हुने भएको छ । अहले सुन्नत वल जमातको केन्द्रविन्दु रहेको दरगाहे आला हजरत बरैली शरीफमा भदौ १४ गते सम्मेलन हुने बताइएको छ । मरकजे अहले सुन्नत दरगाहे आला हजरत बरैली शरीफद्वारा आयोजना गरिएको सम्मेलनमा नेपाल र भारतको वल्माहरु बीच मानवता जोगाउन गरीब पीडित असाहाय तथा विपन्न वर्गलाई शैक्षिक , आर्थिक, सामाजिक लगायतको क्षेत्रमा उकास्न छलफल गरिनेछ ।

सूफीनिज्मको केन्द्रविन्दु रहेको दरगाहे आला हजरत बरैली सरीफमा नेपाली वल्मालाई सम्मान गर्ने तथा मैत्रीपुर्ण सम्बन्ध बनाउन यो सम्मेलन राखिएको नेपाल वल्मा काउन्सिल लुम्बिनी प्रदेशका उपाध्यक्ष मौलाना वा मुफ्ती मोहम्मद कैफुल मिस्बाहीले बताउनु भयो । उहाँले भन्नू हुन्छ , वर्तमान समयमा मानवता जोगाउन सूफीनिज्मको अत्यन्त जरुरी छ । सूफी बिचारधारा समाजमा शान्ति, समृद्धि र विभेदमुक्त समाज निर्माण गर्नको लागि भैपरी लागी सकेको छ भनी मिस्बाहीले बताउनु भयो । वल्माहरु बीच सम्मेलन गरि नेपाल वल्मा काउन्सिल र मरकजे अहले सुन्नत बीच अझै निकटता कायम हुनेछ । यस सम्बन्धले विभिन्न समुदायको शैक्षिक , आर्थिक सामाजिक लगायतको विकास गर्न उहाँको भनाइ थियो । भदौ १४ गते हुने सम्मेलनमा नेपालको विभिन्न जिल्लाहरुबाट वल्माहरुको जमातले प्रतिनिधित्व गर्ने छ भने भारत तर्फ बरैली , किछौछा लगायतको शहरबाट वल्माहरुकोले सहभागिता जनाउने छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button