राजनीतिलुम्बिनी
Trending

सांसद चौधरीको पहलमा रासायनिक मल बितरण सुरु

सुरुनवलपरासी / १६ मङ्सिर ।
संघीय सांसद विनोद चौधरीको पहलमा नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) मा आएको रासायनिक मल बितरण सुरु भएको छ ।

सांसद चौधरीले नवलपरासीका किसानलाई लक्षीत गरी लुम्विनी प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत रासायनिक मल ल्याउन पहल गर्नुभएको थियो ।

सो अन्तर्गत जिल्लामा प्राप्त भएको ४२७.४ मेट्रीक टन रासायनिक मल जिल्लाका सवै पालिकामा वितरण गर्न सुरु गरिएको कृषि ज्ञान केन्द्र नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम ) का प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो ।

पहिलो चरणमा सुस्ता प्रतापपुर र सरावल गाउंपालिकामा मल वितरण गरिने छ भने दोस्रो चरणमा अन्य पालिकामा रासायनीक मल वितरण गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सांसद चौधरी नवलपरासी संघीय निर्वाचन क्षेत्र नं १ बाट निर्वार्चीत भएपछि जनजिवीका संग सम्वन्धीत जनताका समस्या समाधान गर्ने उदेश्यले यस अगाबै जनसम्पर्क कार्यालय स्थापना गरी जनताको समस्या समधान गर्न लाग्नुभएको छ ।

सांसद चौधरी सम्मानीत
नवलपरासी , १६ मङ्सिर । नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम ) को बर्दघाट नगरपालिकाले प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा बिजयी उम्मेदवारलाई शुक्रवार सम्मान गरेको छ । पश्चिम नवलपरासी संघीय निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधी सभा सदस्य तर्फ निर्वार्चीत विनोद चौधरी यसैगरी प्रदेश सभा सदस्यद्धय देवकरण प्रसाद कलवार ( सन्तु ) र बिश्वप्रेम पाठकलाई संयुक्त रुपमा सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्य तर्फ निर्वार्चीत चौधरीले यस क्षेत्रको चौतर्फी बिकासमा आफु दिन रात नभनिकन जनताको काममा सदैभरी क्रियाशिल हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button