लुम्बिनी

सुस्तामा भाले गैंडा मृत अवस्थामा फेला

ज्ञानेश्वर सहानी नवलपरासी भदौ ३१ -पश्चिम नवलपरासीको सुस्तामा भाले गैंडा मृत अवस्थामा फेला परेको छ । सुस्ता गाउँपालिको वडा न.४ नर्सही स्थित नारायणी नदिको ठोक्कर न १३ र १४ को बिच नारायणी नदिको छेउमा मृत गैंडा स्थानीयले देखेपछि नर्सही प्रहरी र बन कार्यालयमा खबर गरी नियन्त्रणमा लिएको छ ।

मृत रहेको भाले गैंडालाई सशस्त्र सुरक्षा शाखा क्याम्प बडेरा पश्चिम नवलपरासीमा पठाएको सब बन डिभिजन कार्यालय प्रतापपुर सुस्ताका निमित्त प्रमुख चीन बहादुर यादवले जानकारी दिएका छन् । निमित्त प्रमुख यादवको अनुसार सो गैंडा बृद्धअबश्था भएको कारणले पानीले बगाएर मृत भएको हुन सक्ने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button