अर्थतन्त्र

दशैंको मुखमा आन्तरिक उडानमा थपियो विकल्प, गुण एयरलाइन्सले थाल्यो उडान

काठमाडौं । नजिकिँदै गएको दशैं-तिहार लगायतका चाडपर्वमा काठमाडौंबाट हवाईमार्गबाट विभिन्न गन्तव्यमा जाने यात्रुलाई एक विकल्प थपिएको छ । सिम्रिक एयरलाइन्स नामबाट चलिरहेको वायुसेवा कम्पनीको स्वामित्व परिवर्तन पछि बनेको गुण एयरलाइन्सले नयाँ व्यवस्थापनसहित उडान शुरु गरेको हो ।

साविकको सिम्रिकसँग मात्र २ वटा बिचक्राफ्ट जहाज थिए । सो कम्पनीले यति एयरलाइन्सका पाँच वटा जेट्स्ट्रीम जहाज खरीद गरेको छ । अब कम्पनीसँग कुल ७ वटा जहाज पुगेको छ । गुण एयरलाइन्सले पहिलो दिन शुक्रबार पोखरा र भरतपुरमा पूरा क्षमतामा यात्रुलाई सेवा दिएको कम्पनीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button