राजनीति
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का न्युयोर्क जाँदै
काठमाडौं : परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्दै छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री खड्का बुधबार साँझ न्यूयोर्क जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री खड्काले संयुक्त राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । न्यूयोर्क रहँदा मन्त्री खड्काले अन्य मुलुकका समकक्षीहरुसँग समेत अनौपचारिक छलफल गर्ने कार्यक्रम रहेको छ ।
मन्त्री खड्काले नेपाली समुदाय र एनआएनसँग अन्र्तक्रिया गर्ने कार्यक्रम छ ।