खेलकुद
पाकिस्तानी क्रिकेटर अफ्रिदी र मुस्लिम आयोगका अध्यक्ष अन्सारी बीच भेटघाट

नेपालगंज-पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी बीच भेटघाट भएको छ।शुक्रबार आयोगको कार्यालयमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अन्सारीले अफ्रिदी लाई स्वागत तथा समान गर्नुभएको सचिवालयले जनाएको छ। उनी एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट खेल्न हिजो मात्रै काठमाडौं आइपुगेका छन् । भेटघाटमा अफ्रिदीले खेल क्रिकेट क्षेत्रमा आफुले बोकेको अनुभव अवसर तथा योजना बारे छलफल गर्नुभएको हो ।
उनी काठमाडौं किङ्ग्स ११ मा आबद्ध छन् । उनी पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत हुन् । इपिएल ९ असोजदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुँदै छ । नेपालमा अफ्रिदीका समर्थक तथा शुभचिन्तकहरु निकै उत्साहित रहेका छन् ।