कर्णाली

भरुवा बन्दुक सहित जाजरकोटमा एक जना पक्राउ

बाँके, ८ असोज । जाजरकोटमा भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्ला जाजरकोट भेरी नगरपालिका वडा नम्बर ६ का ५५ वर्षिय रगवीर घर्ती रहेका प्रहरीले बताएको छ ।

बिहिवार जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले जङ्गलको छेउबाट अवैध एकनाले भरुवा बन्दुक बोकी हिडिरहेका घर्तीलाई पक्राउ गरेको हो ।

घर्तीलाई अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button