कर्णाली
पहिरोले घर बगाउँदा हुम्लामा एकै घरका ६ बेपत्ता

हुम्ला- पहिरोले घर बगाउँदा हुम्लाको खार्पुनाथ गाउँपालिका– ५ खर्पेल गाउँका धनवीरे शाहीको परिवारका ६ जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा ६५ वर्षीय धनवीरेसहित ५५ वर्षीय कलबहादुर, ३० वर्षीया धोक्ची, १० वर्षीय अलिन्द, ६ वर्षीय हुमेश र दुई वर्षका बालक रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेरम्ब शर्माले जानकारी दिनुभयो।
गाउँमा पहिरोको जोखिम बढेकाले स्थानीयहरू विस्थापित भएर माडुमा आश्रय लिएर बसेको स्थानीय प्रकाशबहादुर शाहीले जानकारी दिनुभएको छ ।।