कर्णाली

मुगुका आगलागी पीडितलाई कर्णाली सरकारले राहत उपलब्ध गराउने

सुर्खेत– कर्णाली प्रदेश सरकारले मुगु सदरमुकाम गमगढी बजारका आगलागी पीडितलाई राहत उपलब्ध गराउने भएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगरबार विज्ञप्ति जारी गर्दै क्षतिको विवरण संकलनपछि प्रदेश सरकारले तत्काल राहत प्याकेजको घोषणा गर्ने जानकारी दिनुभएको छ ।

सोमबार राति गमगढी बजारमा आगलागी हुँदा १८ घर र तीनवटा घुम्ती पसल जलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button