वाग्मती

आज पनि बार एसोसिएसनको धर्ना

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध नेपाल बार एसोसिएसनको आन्दोलन आज पनि जारी छ ।

आज पनि कानून व्यवसायीहरुले अदालत गेट र परिसरमा धर्ना सहित विरोध जारी राखेका छन् । यसअघि आन्दोलनरत नेपाल बार एशोसिएन र सर्वोच्च बार एशोसिएनलाई वार्तामा आउन प्रधानन्यायाधीशले आह्वान गर्नुभएको थियो ।

नेपाल बारले भने न्यायापालिका सुधारका लागि प्रधानन्यायधीशको राजीनामा पहिलो शर्त भएको र त्यसअघि कुनै संवाद नगर्ने अडान राखेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button