शिक्षा
नेकपा (एस)बाट पनि उम्मेदवार तय

काठमाडौं– नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार तय गरेको छ ।
नेकपा एसले प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णालीबाट उदयबहादुर बोहोरा र सुदूरपश्चिमबाट गरिमा साहलाई उम्मेदवार बनाइएको प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।




