शिक्षा

दरगाह ए आला हजरतले नेपालमा स्थापना गर्यो आला हजरत नेसनल लाइब्रेरी

संवाददाता ।
बाँके, ०५ साउन ।
दरगाह ए आला हजरतले नेपालमा आला हजरत नेसनल लाइब्रेरीको स्थापना गरेको छ । सुन्नी सूफी हन्फी बिचारधाराको केन्द्र मानिने दरगाह ए आला हजरतले दीनी तथा दुनियाँवी दुबै किसिमको पुस्तकहरु आम नागरिकले पढ्न पाउने गरि लाइब्रेरीको स्थापना गरेको हो । नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर ७ मा पुस्तकालयको स्थापना गरेको दरगाहका प्रवक्ता नाशीर कुरैशीले जानकारी गराएका छन् । कुरैशीको अनुसार लामो समय देखि नेपाल र भारतको सम्बन्ध आत्मीय रहेकोले एक आपसमा व्यावसायिक र धार्मिक दुबै सम्बन्ध बलियो छ । सोही सम्बन्धलाई निरन्तरता दिन दरगाहले नेपाली मुस्लिम समुदायको शैक्षिक आर्थिक धार्मिक विकासका लागि हात बढाउँदै आएको छ । कोरोना महामारी देखि लिएर साउन ५ गते स्थापना गरिएको लाइब्रेरी समेत सोहि उद्देश्यले गरिएको उहाँले बताउनु भयो । आला हजरत ईमाम अहमद रजा खानले मानवता भाइचारा आपसी सौहार्दलाई बढावा दिँदै आफ्नो किताब आफ्नो लेख आफ्नो फतवाहरुबाट विश्व समुदाय माझ पुर्‍याएको संदेशलाई समेत कुरैशीले बयान गरे । त्यस्तै दरगाहका प्रमुख सचीव मुफ्ती सलीम नूरीले भन्नू हुन्छ , मानव जगतको शान्ति अमनका लागि आला हजरतले गरेको कामलाई अझै अगाडि बढाउन पुस्तकालयको स्थापना गरिएको हो । उहाँले भन्नू हुन्छ , जुन ब्यक्ति, समुदाय वर्गसंग पुस्तक छ, हातमा कलम छ , जुन समुदाय पढ्न लेख्न जानेको छ उसलाई विकासको पथमा अगाडि बढ्न निकै सहज हुन्छ । त्यसैले शैक्षिक विकासलाई केन्द्रित गर्दै दरगाहले पुस्तकालयको स्थापना गरि हजारौं पाठक युवाहरुलाई पुस्तक उपलब्ध गराउने प्रयास गरेको छ ।सुन्नी सूफी खानकाही बिचारधाराले दिएको मानव भाइचाराको संदेशलाई लाइब्रेरीको मध्यमबाट अझै सहज सरल रूपमा पुर्‍याउन सक्ने उहाँको भनाइ छ । त्यस्तै राष्ट्रिय उलमा काउन्सिलका अध्यक्ष सय्यद गुलाम हुसैन मजहरीले पनि उक्त पुस्तकालयमा युवाहरूको पहुँच बनाएर शान्ति सौहार्दयुक्त समाज निर्माण गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । उहाले भन्नू भयो, आला हजरतको नामबाट स्थापना गरिएको यति विशाल भवन नेपाल अधिराज्य भरी नै पहिलो भवन हो । पुस्तकालयमा अहिलेसम्म लाखौंको पुस्तक राखि सकिएको र पुस्तक ल्याउने क्रम जारी रहेको मजहरीले बताए । दरगाह प्रमुख सुबहानी मियाँले आफ्नो प्रमुख सचीव सलीम नूरी मार्फत शुभकामना सहित दुआ गर्दै पत्र समेत लेख्नु भयो । उक्त कार्यक्रममा अन्य मुस्लिम अगुवा बुद्धिजीवी , पत्रकार, आलीम र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button