पर्सामा नेपाली कांग्रेसले आफ्नो निजि पार्टी कार्यालय भवनको उद्घाटन गर्यो

बिरगंज-शुक्रबार नेपाली कांग्रेस पर्साले आज आफनो पार्टीको नया भवनको उद्घाटन गरि नय भवन् मा जिल्ला पार्टी कार्यालय राम्गढ्वा २४ मा सरेको छ । पर्सा मा नेपाली कांग्रेस को बर्सौ देखि पार्टी कार्यालय बन्ने भनेर सुनेको तर आज बनेर उद्घाटन हुदा पर्सा का नेता तथा कार्यकर्ताहरु मा खुशीयाली छाएको जिल्ला सचिव श्याम पटेल ले बताएका छन । नेपाली कांग्रेस पर्साकाे जिल्ला कार्यालय आत्माराम ओझा , दुखा सहनी स्मृति भवनमा आज आत्माराम ओझाजीकाे भतिजा सत्येन्द नारायण ओझा तथा दुखा सहनीकाे श्रीमती सुरूजपती देवी , नेपाली कांग्रेसकाे वरिष्ठ नेता देवेन्द्रलाल नेपाली , नेपाली कांग्रेस पर्साकाे सभापति अजय कुमार द्विवेदीले संयुक्तरूपमा नेपाली कांग्रेसकाे चार तारे झण्डाकाे झण्डाेतलन गरि सुभारम्भ गर्नु भएको थियो । साथै उक्त कार्यक्रम मा जिल्ला उपसभापति द्वय दिना गुप्ता ,प्रकाश उपध्याय,सचिव हरु किशाेरी साह कानु,श्याम पटेल,सहसचिवहरु राेशन लामिछाने,किरण सरकार,विधायकशंकरचाैधरी,राजेश्वरसाह,वरिष्ठ नेताहरू विरेन्दलाल नेपाली,बिध्या श्रेष्ठ , कोपिल कडेल,युवा नेता बैकुण्ठ श्रीवासतव जिल्ला सदस्य धर्मेन्द्र पटेल नेपाली कांग्रेस पर्साका कृयाशिल सदस्यहरूकाे बाक्लो उपस्थिति रहेको थियो ।




