शिक्षा

चिनियाँ राजदूत र प्रधानसेनापति बीच भेटघाट

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटघाट गरेकी छन् । प्रधानसेनापति शर्मालाई भेटन राजदूत यान्छी  बुधबार जंगी अड्डा पुगेकी थिइन् ।

चिनियाँ राजदूत यान्छी र प्रधानसेनापति शर्माबीच नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यास, सैनिक सहायतालगायत विषयमा छलफल भएको सैनिक स्रोतले बताएको छ ।

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास रोकिएको छ । कोरोना संक्रमणको जोखिमका कारण नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यासको मिति नतोकिएको दुवै पक्षले बताएका छन् ।

संयुक्त सैन्य अभ्यासको मिति तय भइनरहेको अवस्थामा चिनियाँ राजदूत यान्छी र प्रधानसेनापति शर्माबीच भएको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चिनियाँ राजदूत यान्छी र प्रधानसेनापति शर्माबीच दुई पक्षीय आपसी हित र पारस्पारिक सम्बन्धका विषयमा छलफल भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button