जनमतको पार्टी प्रशिक्षण नेपालगंजमा सम्पन्न

नेपालगंज- जनमत पार्टी बाँकेको आयोजनामा जिल्ला का नेता कार्यकर्ताहरुको लागि पार्टी प्रशिक्षण सोमबार नेपालगंजमा सम्पन्न भएको छ जिल्ला समन्वय समितिको आयोजना तथा केन्द्रको तालिका अनुसार देश भरि नै पार्टीका नेता अगुवा तथा कार्यकर्ताहरुलाई आगामी चुनाव लाई लक्षित गर्दै प्रशिक्षण गराइएको पार्टी जिल्ला अध्यक्ष प्रहलाद यादवले बताउनु भयो बुथ बुथ मजबुत बुथ अभियान भन्ने मुला नाराको साथमा प्रशिक्षण गराई पार्टीकू संगठन लाई मजबुत बनाई आगामी रणनीति तयार गर्ने उद्देश्यले गरिएको आयोजकले बताएको छ

सो कार्यक्रमलाई प्रशिक्षण जनमत पार्टीको केन्द्रीय सदस्य संजय यादवले गर्नु भएको छ

सो कार्यक्रममा केन्द्रीय सदस्य बिष्णु यादव, महिला नेत्री नासिमुन जहाँ जोया,अल्पसंख्यक राष्ट्रिय अध्यक्ष हरपाल सिंह सोडी, जिल्ला उपाध्यक्ष जाबिर हलवाई, मुस्लिम जनमतका अब्दुल वाहिद शेख लगायतका जिल्लाका अगुवा नेता बिभिन्न पालिकाका नेता ईकाई समितिका पदाधिकारी लागायतको उपस्थिति रहेको थियो सो प्रशिक्षण पार्टीको जिल्ला पुर्व अध्यक्ष रियाज अहमद शेखको अध्यक्षतामा गरिएको हो भने कार्यक्रममा १०० भन्दा बढीको उपस्थिति रहेको थियो




