मनोरञ्जन

कलाकार आयुष अब भारतीय चलचित्रमा,यस्तो छ अफर

चलचित्रमा पाइला टेकेका आयुष खान अन्तर्राष्ट्रिय अवार्ड बाट सम्मानित हुनुभएको छ।भारतको लखनउमा आयोजित एक बिशेष समारोहका बिचमा भारतीय वरिष्ठ हास्य कलाकार राजु श्रीवास्तव बाट सम्मानित गरिएको बताइएको छ।साथै आयुष खान लाई विभिन्न प्रकारका अवसरहरु समेत प्राप्त भएको छ।

त्यसै गरि नदिम खानको निर्देशितमा बन्ने चलचित्र “युपिका डोन”को पात्रमा देखिने भएका छ्न । साथै प्रोडोक्सर वाकिम खान को फिल्म “युनिभर्सिटी” संगै तिन चलचित्रको अवसर पाएका छन। यसअघि भारत को मुम्बई,दिल्ली,लखनउ लगायत शहरहरुमा मोडेलिङमा भाग लिएका थिए।

आयुष खान लाई टोनी कपुर द्वारा निर्देशित भारतिय वेभसिरिज आवरगीको लागि समेत अवसर प्राप्त भएको छ।

यस्ता सुनौलो अवसर प्राप्त गरेपछी हर्षित हुँदै आयुषले आफ्नो भुमिका जिम्मेवारी पुर्वक लगनशील भइ निभाउने साथै दर्शकको माग अनुसार दृश्य दिने समेत बताएका छन।

साथै केही समय पश्चात् काठमाडौंमा भारत र नेपालको मोडेलिङ कार्यक्रम हुने समेत बताइएको छ जस मा सौन्दर्य प्रतियोगिताको माध्यम बाट नेपाल र भारत को सम्बन्ध लाई अझै प्रगाढ बनाउने बिश्वास लिईएको छ ।

जसमा भारत र नेपालका उच्च पदाधिकारी राजदुताबास साथै मन्त्रीहरुको उपस्थिति हुने जनाइएको छ। जसको निर्णायक भुमिका आयुष खानले गर्ने बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button